दैलेख – दैलेखमा आइसोलेसनमा बसेका २४ जना कोरोना संक्रमित फरार भएका छन् । बिहीबार राती खाना खाएपछि करिब ११ बजेतिर उनीहरु भागेका हुन् ।
नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस संक्रमित बिहीबार मध्यरातमा भागेका हुन् ।
आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया