नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री आए,एकछिन बसेर फर्किए

नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री आए,एकछिन बसेर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएका बताइएको छ।

‘आजको बैठकमा प्रधानमन्त्री एकछिन सहभागी भएर फर्किनुभयो’, स्रोतले भन्यो। शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्। हिजो बैठकमा उपस्थित नभएर आलोचना भएपछि उनी आज उपस्थित भएका हुन्।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाेचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।  शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए ।

बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ । यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो ।  गत बुधबारदेखि नेकपाको स्थायी समिति बैठक सुरू भएको हो।