नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

 उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्। रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।

भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै काेराेना स‌क्रमणबाट मृत्यु हुनेकाे स‌ख्या २८ पुगेकाे छ ।