उदयपुर – उदयपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा त्रियुगा नगरपालिकाका सात जनामा नै कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारत, कुबेत र दुबईबाट आएको बताइएको छ ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु भारतबाट चार जना कुबेतबाट दुई जना र दुबईबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३० र ५३ वर्षीया महिला त्यस्तै ३०, २३, २६ र अन्य दुई जनाको उमेर खुलेको छैन् । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।




प्रतिक्रिया