खोटाङमा चार जनामा कोरोना संक्रमण पुष्टि

खोटाङमा चार जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – खोटाङमा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा ३ जना र ऐंसेलुखर्क गाउँपालिकाका एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१४ बुईपाकी २५ वर्षीया महिला, २ नम्बर वडा सोल्माका १८ र ३८ वर्षीय पुरुष र ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर – १ की ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु एक जना भारतबाट र अन्य तीन जना तेस्रो मुलुकबाट आएकाहरु छन् ।