चीनसँग सीमा विवाद छैन्, फेक न्यूज उत्पादन गर्ने कारखानाको खोजी हुँदैछः परराष्ट्रमन्त्री ज्ञवाली

चीनसँग सीमा विवाद छैन्, फेक न्यूज उत्पादन गर्ने कारखानाको खोजी हुँदैछः परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग कुनै सीमा विवाद नरहेको प्रष्ट पारेका छन् । मन्त्री ज्ञवालीले फेक न्यूज उत्पादन हुने कारखानाको खोजी भइरहेको बताएका हुन् ।

सोमबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले दुई देशका बीचमा भ्रम छर्ने समाचार सार्वजनिक नगर्न आग्रह गरेका छन् ।

‘प्रायोजित ढंगले फेक न्युज नेपालका कुन कारखानामा उत्पादन भए ? कुनै पनि देशको इस्युमा छलफल हुन सक्छन्,’ उनले भने, ‘हाम्रा सम्बन्ध पूर्ववत नै छन् । समग्र सम्बन्धको आयामलाई प्रभावित पार्नुहुँदैन । गलत सूचनाहरुले दिग्भ्रमित भएको हो । शोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भए भनेर हामीले हामी खोजीरहेका छौं । ’

मन्त्री ज्ञवालीले नेपाल चीन र भारतको त्रिदेशीय सीमा टुंगो लाग्न नसकेका कारण शून्य नम्बरको पिल्लर राख्न नसकिएको बताए । उनले सगरमाथाको सीमाको यकिन गर्नेबाहेक चीनसँग सीमा विवाद नरहेको स्पष्ट गरे ।

‘सगरमाथाको उचाइ हिमरेखालाई मान्ने कि रकलाई मान्ने भन्नेमा एकमत हुन सकेको छैन । हिमरेखालाई आधार मानेर नेपालले ८ हजार ८ सय ४८ मानेका छौं । चीनले हिउँको रेखा नभई चट्टानलाई आधार बनाएर ८ हजार ८ सय ४४ दशमलव ८३ मिटर कायम गरेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘दुवै पक्षको सहमतिका आधारमा एउटा निष्कर्षमा पुग्छौं । छिट्टै सगरमाथाको उचाइ घोषणा गर्ने तयारी गरेका छौं ।’

उनले भारतसँग रहेका विवादहरु वार्ताबाटै सुल्झाउनुपर्छ भन्ने मान्यता, विश्वास र बाटो तीनै कुरामा कुनै अन्यौल नभएको बताए ।

‘कहिलेकाहिँ समय लाग्छ । मिडिया लगायत बाहिरबाट वातावरणलाई उत्तेजित पार्ने प्रयास भएपनि त्यसबाट प्रभावित नभईकन वार्ताबाटै विवाद सल्टाइने छ’, उनले भने ।