स्थायी समिति बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

स्थायी समिति बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन् ।

आजको बैठकमा कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । त्यस्तै नेकपाभित्र एमसीसीका विषयमा विवाद कायम रहेको छ ।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्नेछन् ।