नेताहरुलाई प्रधानमन्त्रीको जवाफः मलाई सरकारबाट हटाउने षड्यन्त्र भएको छ !

नेताहरुलाई प्रधानमन्त्रीको जवाफः मलाई सरकारबाट हटाउने षड्यन्त्र भएको छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूलाई सरकारबाट हटाउने खेल भएको दाबी गरेका छन् । मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफूलाई हटाउने षड्यन्त्र भएको दोहोर्याएका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले आइतबार दिल्लीले सरकारबाट हटाउन खोजेको भन्ने वास्तविकता के हो ? भन्दै प्रश्न गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

नेताहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भारतीय मिडियामा नेकपा बैठकको समाचार हुबहु कसरी आयो त ? भन्दै प्रतिप्रश्न गरेका थिए । उनले भने, ‘मलाई सरकारबाट हटाउने षड्यन्त्र भएको छ ।’

अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री अ‍ोलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रका शक्तिहरु लागिपरेको बताएका थिए । प्रधानमन्त्री अ‍ोलीले आफूलाई नक्सा सँच्याए वापत प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको बताएका थिए ।

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।