काठमाडौं – रक्षा मन्त्रालयले स्वास्थ्य सामाग्री खरिदमा नेपाली सेनालाई मन्त्रालयको भरपूर सहयोग भएको स्पष्ट पारेको छ ।
एक पत्रिकामा ‘चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा रक्षा मन्त्रालयकै असहयोग’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको र उक्त समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्तबहादुर सुनारले एक विज्ञिप्ति जारी गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामाग्री ‘जी टू जी’ प्रक्रियामार्फत सम्बन्धित मन्त्रालयसँगको समन्वयमा सेनााले सामाग्री खरिद गरेको स्पष्ट पारेका छन् ।
‘खरिद प्रकृयामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनाबाट समन्वयात्मक ढंगबाट काम भएको छ । यसमा ती निकायहरुबीच आपसमा कुनै असमझदारी रहेको छ्रैन । समाचारमा उल्लेख भएको उपर्युक्त आरएमबी १५० मिलियन बराबरको अनुदान चीन सरकारले नेपाली सेनालाई उपलव्ध गराउने ह्युमानिटरिज्म असिस्टेन्स एन्ड डिजास्टर रिलाइफ सम्बन्धी उपकरणहरुका लागि उपयोग गर्ने सम्झौता भए अनुसार सोही अनुरुपका सामग्रीहरु प्राप्त हुने क्रममा रहेको छ’ मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया