पाकिस्तानी सेनामा पहिलो पटक महिला तीन तारे जर्नेलमा बढुवा

पाकिस्तानी सेनामा पहिलो पटक महिला तीन तारे जर्नेलमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी सेनामा पहिलो पटक महिला तीन तारे जर्नेल बनेकी छन् । मेजर जनरल निगार जोहर पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेण्ट जनरल पदमा पुग्ने पहिलो महिला बनेकी छिन ।

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जोहर तीन तारे जनरलमा बढुवा भएको जनाएको छ । उनले पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा समेत इतिहास बनाएकी छिन् ।

जोहर पाकिस्तानको पञ्जपीरकी स्थायी वासिन्दा हुन् । उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुंदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् ।