काठमाडौं – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाहीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेका उनीबिरुद्ध मंगलवार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइहरेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए ।
लोकन्थलीस्थित बास्कोटाको निर्माणाधीन घरमा फागुन २८ गते बिहान बम विस्फोट भएको थियो । विस्फोटको आरोपमा प्रहरीले विप्लव समूहका ४ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया