सरकार ! बालुवाटारमा तमासा अति भयो: गगन थापा

सरकार ! बालुवाटारमा तमासा अति भयो: गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बालुवाटारमा तमासा देखाएर जनताको समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा थापाले यो तमासा अति भएको र अब जनताको काम गर्ने सरकार दिन मागसमेत गरेका छन् ।

‘बालुवाटारमा तमासा छ । सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ’, उनले भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’