परिस्थिति जटिल बनेको भन्दै कडा कदम चाल्ने प्रधानमन्त्रीको संकेत,अन्र्तविरोध हल गर्न सुझाव

परिस्थिति जटिल बनेको भन्दै कडा कदम चाल्ने प्रधानमन्त्रीको संकेत,अन्र्तविरोध हल गर्न सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट मन्त्री र नेताहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको छलफलमा पार्टीमा उत्पन्न पछिल्लो परिस्थितीका बारेमा छलफल भएको थियो ।

नेकपाको स्थायी समिति वैठकमा प्रधानमन्त्री ओली पार्टी र सरकार दुवैको नेतृत्व गर्न असफल भएको भन्दै राजीनामा दिन आवाज उठिरहेका बेला प्रधानमन्त्रीले निकटस्थहरुसंग छलफल गरेका हुन् ।

उनले पार्टी र देश गम्भीर संकटमा रहेको भन्दै उनले आफुले कडा कदम चाल्ने संकेत गरेका छन् । उनले आफुले चाल्ने कदमको बारेमा भने केही बताएनन् । प्रधानमन्त्रीले आफुले सवैसंग परामर्श गरेर मात्र अघि बढ्ने र यो पहिलो चरण भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सहभागी,मन्त्री,सांसद र निकट नेताहरुलाई देशमा महामारी भएको बेला पार्टीमा जटिलता आएको भन्दै सुझाव दिन भनेका थिए ।

नेताहरुले पार्टीको आन्तरिक विवाद मिलाएर अघी बढ्न सुझाव दिएका छन् । पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले सहभागीहरुले पार्टी एकतालाई कुनै पनि हालतमा बचाउन र अन्तरविरोधको समाधानको लागी पहल गर्न सुझाव दिएको बताए ।

भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो। बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ। सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ । चिज सकारात्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौं।