मुटुको परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री

मुटुको परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुटुमा समस्या देखिएर अस्पताल गएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । बुधबार बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली अत्यावश्यक स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किएको पुष्टि गरे ।

‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ,’ थापाले भने ।