निजामती विधेयक सदनबाट पास हुँदैन, आन्दोलन नगनूस्ः प्रधानमन्त्री अ‍ोली

निजामती विधेयक सदनबाट पास हुँदैन, आन्दोलन नगनूस्ः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले ज्ञापनपत्र बुझाएको छ । युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलसहितको प्रतिनिधि मण्डलले बुधबार साँझ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक सरकारले स्वीकार नगर्ने बताएका छन् ।

विधेयक प्रस्तुतकर्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नै राज्यव्यवस्थाबाट पारित विधेयकमा स्वामित्व नलिने बताएको भन्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरूलाई आन्दोलनमा जान नहुने बताए ।

‘समितिको प्रतिवेदन पास हुँदैन । संसदले समितिमा नै फर्काउँछ । जसले त्यस्तो व्यवस्था राखेको हो उसैले सच्याएर संशोधन गर्छ । तपाईंहरूले आन्दोलन गर्नु पर्दैन’, प्रधानमन्त्रीले भने ।