आजबाट श्रम स्वीकृति खुल्ला

आजबाट श्रम स्वीकृति खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको छ ।

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको बताए ।

पुनः श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उनले बताए । श्रम स्वीकृति खुल्ला गरे पनि सरकारले अन्तराष्ट्रिय नाका बन्द गरेको छ ।