४७३ जना थपिए कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ५ हजार नाघ्यो

४७३ जना थपिए कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ५ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ ।

उनले १० हजार एक सय जना आइसोलेसनमा रहेको बताए । आइसोलेसनमा कूल २ लाख ३७ हजार ७ सय ६४ रहेका छन् । २४ घण्टामा ४ हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।