काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीको बेला कार्यक्रम आयोजना गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रति आक्रोश पोखेका छन् ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रले काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले ‘बढ्दा जान्ने हुने’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘यस्तो बेला बढ्ता जान्ने भइहाल्नुपर्ने । यस्तो बेला कार्यक्रम गर्नुपर्ने ?’, सभापति देउवाले प्रश्न गरे ।
त्यस्तै उनले नेविसंघभित्रको समस्या चाँडै नै समाधान हुने विश्वास दिलाएका थिए । आफू नेविसंघको अध्यक्ष भएर नै प्रधानमन्त्री भएको उल्लेख गर्दै देउवाले अहिलेको तालले यस्तो पद पाउन मुश्किल हुने ठोकुवा गरे । ‘नेविसंघको अध्यक्ष भएको मान्छे म तीन तीन पल्ट प्रधानमन्त्री भइसकें । तपाईहरु हुन सक्नुहुन्छ यस्तो हिसाबले । लाज पनि छैन यार’, देउवाले भने ।
उनले नेविसंघले जहाँ पनि चुनाव हारेको उल्लेख गर्दै देउवाले काठमाडौंमा भाषण छाट्दैमा ठूलो नभइने तर्फ प्रस्तुत गरेका थिए ।
‘नेविसंघ जहाँ पनि हार्या हार्यै छ । हामले जता पनि जित्थे । लाज पनि छैन यार । अहिले गाउँमा छ नेविसंघ ? गाउँको विद्यालयमा छ ? कहाँ छ नेविसंघ ?’, उनले भने, ‘गाउँमा जाउ । नेविसंघ जहाँ पनि हार्याहार्यै छ, काठमाडौं आएर बढ्ताबढ्ता भाषण गरेर केही हुँदैन ।’




प्रतिक्रिया