भारतीय प्रधानमन्त्री मोदी अचानक किन पुगे लद्दाख ?

भारतीय प्रधानमन्त्री मोदी अचानक किन पुगे लद्दाख ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– गलवान घाटीमा भारत र चीनवीच तनाव बढेपछि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन् । उनले गलवान झड्पमा घाइते जवान र त्यहां कार्यरत सेना र आईटीवीपीका अधिकारीहरुसंग अन्र्तक्रिया समेत गरेका छन् ।

भारतीय  संचारमाध्यममा चीफ आफ डिफेन्स स्टाफ जनरल बिपिन रावत लेह जाने समाचार प्रकाशित भएपनि अचानक शुक्रवार भारतिय प्रधानमन्त्री मोदी नै सेना प्रमुख एम नरवणेसहित त्यहां पुगेका हुन् । यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने कार्यक्रम भएपनि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।

मोदीको भ्रमण चीनलाई सन्देश दिन र फौंजको हौसला बढाउन भएको नवभारत टाइम्सले जनाएको छ । प्रधानमन्त्री मोदीले ११ हजार फिट उचाईमा रहेको नीमूमा सेनाका जवानका साथै लेफ्टिनेण्ट जनरल हरिंदर सिंहसंग सीमाको अवस्थाको वारेमा जानकारी लिएका थिए ।

१५ जुनमा भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भएको झड्पमा २० भारतीय  सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि दुवै देशको सम्बन्ध तनावपूर्ण रहि आएको छ ।