सुर्खेत – प्रहरी महानिरीक्षक (आइजीपी)ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन, आवास भवन र भान्छाघरको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घोटन गरेका छन् ।
उक्त अवसरमा आइजीपी ज्ञवालीले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भने महसुस गरी आवश्यक मर्मत सम्भारका साथ उचित उपयोग गर्नुपर्ने उल्लेख गरे ।
भवन अहिले बनेपनि प्रहरी कर्मचारीहरु आउने जाने क्रम जारी रहने हुनाले नवनिर्मित भवन नगरपालिका र स्थानीयबासीहरुकै सम्पत्ति भएकोले भवनको जगेर्ना गर्न नागरिक समाजलाई अनुरोध समेत गरे । कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरुले अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने उनले बताए ।
आइजीपी ज्ञवालीले लकडाउनको समयमा हुने गरेका महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर भएर लागिरहेको बताए । समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुले समेत आफ्नो जिम्मेवारी महसुस गरी आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले धन्यवाद ज्ञापन गरेका थिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मी र भेरी गंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले समेत आ-आफ्नो मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
ग्ल्इएक् को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नवनिर्मित भवनहरु २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भएको ईलाका प्रहरी कार्यालय छिन्छुले जनाएको छ । कार्यक्रममा भेरी गंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य दकाल, ग्ल्इएक् निर्देशक ईन्द्र न्यौपाने, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, संचारकर्मीको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया