काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरानो सहमति कायाृन्वयन गर्न प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भएको तीन घण्टा लामो छलफलमा अध्यक्ष प्रचण्डले आलोपालो सरकार सञ्चालनको प्रस्ताव गरेका हुन् ।
त्यस्तै उनले पुरानो सहमतिअनुसार नचल्ने भए नयाँ सहमति कायम गर्न पनि आग्रह गरेका छन् । जवाफमा ओलीले सरकार र पार्टी दुवै पद नछोड्ने अडान लिएका थिए ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी एकताको समयमा भएको सहमतिअनुसार नै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘हामी हिजोको सहमतिअनुसार नै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं । पार्टी एकताताका भएका सहमति पालना गरेर सरकार सञ्चालन गरौं भन्ने हाम्रो धारणा हो’, उनले भने ।
०७५ जेठ २ गतेको भएको सहमतिअनुसार आलोपालोका आधारमा सरकार सञ्चालन गर्ने उल्लेख छ । नेकपा (एमाले) र नेकपा (माओवादी) बीच भएको पाँच बुँदे सहमतिअनुसार नै सरकार सञ्चालन गर्ने उल्लेख गरिएको छ । १ नम्बर बुँदामा जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीमा जनवाद र माअोवाद सम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्र्दभमा विशिष्ट र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवं नेतृत्व निर्माण र संगठन सम्बन्धी विषय अल्पमत बहुमतका आधारमा नभई सहमति र समझादारीका आधारमा टुंगो लगाउने उल्लेख छ ।
बुँदा नम्बर चारमा समानता र समान अवधिका आधारमा आश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।




प्रतिक्रिया