पार्टी फुट्दैन र फुटाउन दिइँदैन : जनार्दन शर्मा

पार्टी फुट्दैन र फुटाउन दिइँदैन : जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री एंव नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा पार्टी नफुट्ने बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा भने, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन र फुटाउन दिइँदैन ।’

नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै शर्माले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ ।

दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु नहुने उनको भनाइ छ ।  ‘पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन,’ शर्माले फेसबुकमा लेखेका छन् ।

एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न शर्माले नेताहरूलाई आग्रह समेत गरेका छन् ।