तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री

तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । ओली  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्ण महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ’बादल’ विमानस्थल पुगेका छन्।

५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट गरेका थिए। शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो ।