राष्ट्रपतिलाई प्रचण्डसहितका शीर्ष नेताले भनेः महाअभियोगको हल्ला चलाएर प्रधानमन्त्रीले ब्ल्याक मेल गरे !

राष्ट्रपतिलाई प्रचण्डसहितका शीर्ष नेताले भनेः महाअभियोगको हल्ला चलाएर प्रधानमन्त्रीले ब्ल्याक मेल गरे !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

आइतबार बिहान नेकपाभित्रको विवाद समाधानबारे छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । उनीहरुले राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीमा घमण्ड बढेको र महत्वपूर्ण निर्णय गर्दा पार्टीभित्र छलफल नगरेको भन्दै राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्रीले एउटा पदबाट राजीनामा दिनुपर्ने नेताहरुको अडान थियो । ‘प्रधानमन्त्रीमा हठ बढेको छ । अहिलेको हाम्रो बटमलाइन नै उहाँले एउटा पदबाट राजीनामा दिनुपर्छ भन्ने हो । पार्टी एकताको समयमा भएको सहमतिअनुसार नै हामी अघि बढ्ने निष्कर्षमा पुगेका छौं । उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गराउनुपर्यो’, नेताहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रपतिविरुद्ध महाअिभयोग नलाग्ने भन्दै उनीहरुले हल्लाको पछि नलाग्न पनि राष्ट्रपतिलाई आश्वास्त पारेका थिए । उनीहरुले पार्टीभित्रको आन्तरिक कुरा आफूले नै मिलाउने पनि बताएका थिए ।

त्यस्तै नेताहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला झुठो भएको दाबी गरेका छन् । उनीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला चलाएर प्रधानमन्त्री ओलीले ‘ब्ल्याक मेल’ गरेको राष्ट्रपति समक्ष बताएका थिए ।

‘हामीले तपाईविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छैनौं । प्रधानमन्त्रीजीले ब्ल्याक मेल गर्नुभयो । हाम्रो माग उहाँले पार्टी वा सरकार मध्ये एउटा पदबाट राजीनामा दिनुपर्छ’, नेताहरुले राष्ट्रपतिसमक्ष भने ।