चन्द्रागिरि हिल्स र नागरिक लगानी कोषबीच शेयर निष्कासन सम्झौता

चन्द्रागिरि हिल्स र नागरिक लगानी कोषबीच शेयर निष्कासन सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता भएको हो ।

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको कोषले जनाएको छ ।