ढलको पानीबाट मान्छेमा कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय

ढलको पानीबाट मान्छेमा कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ढलको पानीमा देखिएको कोरोना भाइरसको संक्रमण मान्छेमा नसर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा देखिएको कोरोना भाइरसले रोग सार्ने भन्ने अहिलेसम्म पुष्टि नभएको बताएका हुन् ।

‘विश्वमा अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरल आरएनए फडमिन्स अर्थात भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ’, प्रवक्ता गौतमले भने, ‘जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।’