काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेड दिएको बताएका छन् । केही दिन अगाडि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटपछि कांग्रेस पनि सरकारमा जाने हल्ला बाहिरिएपछि नेता थापाको यस्तो भनाई बाहिर आएको हो ।
आज नेकपा संसदीय दलका उपपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेसलाई सरकारमा आउन प्रधानमन्त्रीको अफर लिएर देउवालाई भेट्न गएको भन्ने खबरपछि उनले नेकपालाई जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने भूमिकामा पठाएको बताएका छन् ।
‘जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन । यसमा हामी स्पष्ट छौं’, उनले भने, ‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमुल्यन हो । प्रवृति फेर,धन्दा छोड ।’




प्रतिक्रिया