काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी र जनतालाई धोका नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलई चेतावनी दिएका छन् ।
पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका नेता रावलले जनता र पार्टीलाई धोका दिने काम नगर्न चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘राजनीतिलाई सत्ताको फोहरी खेल तुल्याउने विगतका विकृति फेरी शुरू गरी जनता र पार्टीलाई धोका दिने काम नहोस् ।’
त्यस्तै उनले विपक्षी दलसँग साँठगाँठ गरेर कम्युनिष्ट पार्टीको भविष्य अन्धकारमा धकेल्ने काम नगर्न पनि ओलीलाई चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘नेकपाको सिद्धान्त,नीति,विधान,संगठन र सदस्स्यहरूमाथि विश्वास र भरोसा गरौं ।विपक्षी दलका नेता(देउवा)हरूसंग सांठगाँठ गरी कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म कतै नहोस् ।’
केही दिन अगाडि प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटवार्ता र आज बिहान सुवास नेम्वाङले प्रधानमन्त्रीको सन्देश बोकेर बुढानिलकण्ठ गएको विषयलाई लक्षित गर्दै नेता रावलले यस्तो बताएका हुन् ।




प्रतिक्रिया