काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति ९८ वर्षको उमेरमा निधन भएको हो ।
घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए । दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो । त्यहीँ उनको राति १० बजे निधन भएको हो ।
स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन् । उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो । घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने बताइएको छ ।




प्रतिक्रिया