काठमाडौं – डिसहोमले ‘डिलरदाईको डिस्काउन्ट’ नामक योजनाको विजेता घोषणा गरेको छ ।
कम्पनीले २०७७ असार १२ गते देखि असार १८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । यो योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी लक्की ड्र २०७७ साल असार २६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई असार १२ गतेको लक्की ड्रमा समावेश गरिने छ ।
यो योजना अन्तर्गत असार १९ गते भएको ‘लक्की ड्र’ बाट डिशहोमको सेटअप बक्सको क्यास आईडी No.02558197066, 71903711464 बिजेता बन्न सफल भएका छन् ।




प्रतिक्रिया