नेकपाभित्र राजदूतको सक्रियता, विदेशी हस्तक्षेप स्वीकार्य नहुने नारायणकाजीको चेतावनी

नेकपाभित्र राजदूतको सक्रियता, विदेशी हस्तक्षेप स्वीकार्य नहुने नारायणकाजीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रियसभा सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले देशको आन्तरिक राजनैतिक घटनामा हस्तक्षेप नगर्न चेतावनी दिएका हुन् ।

पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवादमा विदेशी हस्तक्षेप बढेको भन्दै प्रवक्ता श्रेष्ठले विदेशी शक्तिले तय गरेका षडयन्त्रको खण्डन गरेका छन् । नेकपाभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतले सक्रियता देखाउन थालेपछि नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

‘हाम्रो देशको आन्तरिक राजनैतिक गतिशीलता र घटना यस देश वा विदेशी शक्तिले तय गरेको हो भन्ने सबै षडयन्त्र सिद्धान्तहरूको हामी दृढताका साथ खण्डन गर्दछौं’, उनले भनेका छन्, ‘नेपाल, एक सार्वभौम देशको रूपमा आफैले निर्णय गर्न सक्षम छ। हामी हाम्रो कुरामा हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्तिलाई अस्वीकार गर्दछौं ।’

नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ राजदूत हो यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् । यान्छीले नेकपाभित्रको विवादबारे चांसो राखेकी थिइन् । उनले नेकपामा नेपालसहित धेरै अनुभवी नेताहरु रहेको भन्दै विवाद समाधान हुनेमा विश्वास व्यक्त गरेकी थिईन् ।