नेपाल एयररलाइन्सका पाइलटसहित १४ जनामा कोरोना संक्रमण

नेपाल एयररलाइन्सका पाइलटसहित १४ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एयरलाइन्सका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एयरलाइन्सका तीन जना पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीन जना पाइलट र ११ क्रू मेम्बर रहेका छन् ।

संक्रमितहरु सोल्टी होटलमा क्वारेन्टाइनमा बस्दै आइरहेको स्रोतले जानकारी दियो । एयरलाइन्सलाई सरकारले विदेशमा रहेका नेपालीलाई उद्धार गरिरहेको छ ।

एयरलाइन्सले पाइलट र कर्मचारीलाई सोल्टी होटलमा कोठा बुक गरेर राखेको छ । एयरलाइन्सले जापान, अष्ट्रेलिया, कोरिया मलेसियालगायतका देशबाट विचल्लीमा परेका नेपालीहरुको उद्धार गरिरहेको छ । यसअघि हिमालयन एयरलाइन्सका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।