शीतल निवासमा नेकपा सांसदलाई राष्ट्रपति भण्डारीको भोज, पार्टी विवादबारे कुरै भएन !

शीतल निवासमा नेकपा सांसदलाई राष्ट्रपति भण्डारीको भोज, पार्टी विवादबारे कुरै भएन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसदहरुलाई शीतल निवासमा भेटवार्ता गरेकी छन् । आइतबार साँझ नेकपाका चार जना सांसदहरुसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गरेकी हुन् ।

पूर्वमन्त्री थममाया थापालगायतका चार जना सांसदहरुलाई राष्ट्रपति भण्डारीले रात्रि भोज दिएकी हुन् । पूर्वमन्त्री थापाले राष्ट्रपति भण्डारीले समावेशी आयोगको अध्यक्षले राजीनामा दिएपछ त्यसबारे छलफल गर्न बोलाएको जानकारी दिइन् ।

उनले बैठकमा स्थानिय तहसँग समन्वय गरेर कसरी काम गर्न सकिन्छ भनेर छलफल भएको जानकारी दिइन् । बैठकमा समावेशी आयोगका सदस्य, जिल्ला समन्वय महासंघका अध्यक्ष, सांसद थापासहित चार जना सांसदको उपस्थिति रहेको थियो ।

‘समावेशी आयोगको अध्यक्ष महिला हुनुहुन्छ । कावा अध्यक्षको रुपमा काम गर्दै आइरहनु भएको छ । समावेशी आयोगको कार्यक्षेत्र पछि परेको समुदाय क्षेत्रमा कसरी अगाडि बढन्े । त्यसबारे कसरी काम गर्ने भन्ने विषयमा पछि परेका महिलाको क्षेत्रमा कसरी काम गर्न सकिन्छ ?’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘स्थानिय तहसँग मसन्वय गरेर कसरी काम गर्न सकिन्छ भनेर छलफल भयो । आयोगको कार्यक्षेत्रलाई अलिक फराकिलो कसरी बनाउन सकिन्छ भनेर सुझावका लागि बोलाउनु भएको थियो ।’

त्यस्तै उनले नेकपाभित्रको विवादबारे कुनै छलफल नै नभएको बताइन् । पूर्वमन्त्री थापाले राष्ट्रपति जस्तो संवैधानिक व्यक्तित्वसँग राजनीतिक कुरा गर्ने वातावरण नभएको बताइन् ।

‘पार्टीको विवादबारे केही पनि कुरा भएको छैन् । हामीले त्यो विषय उठान पनि गरेनौं । राष्ट्रपतिसँग धेरै राजनीतिक कुरा गर्ने कुरा पनि भएन’, उनले भनिन् ।

नेकपा सांसद नविना लामा, नारदमुनी राना र सरिता गिरीले राष्ट्रपतिले आफूहरुलाई निमन्त्रणा नगरेको दाबी गरे । उनीहरुले झुठो समाचार प्रकाशित भएको भन्दै त्यसको खण्डन गरेका छन् । त्यस्तै पूर्वमन्त्री थापाले पनि उनीहरु छलफलमा सहभागी नभएको पुष्टि गरेकी छन् । केही सञ्चारमाध्यमा आफ्नो नाम जोडिएकोमा उनीहरुले आपत्ति प्रकट गरेका छन् ।