काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन ७, ८, ९ र १० गते चौधौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।
जसअनुसार असार २५ गतेदेखि साउन मसान्तसम्म नयाँ सदस्यता वितरण र जिल्ला कार्यसमितिले सदस्यता नविकरण गरिसक्नुपर्नेछ ।
त्यस्तै बैठकले समायोजन, कृयाशिल सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर पनि गरेको छ । बैठकले साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।
बैठकले भदौ मसान्तसम्म नयाँ र नविकरण गरेका सदस्यताको सूची केन्द्रमा पठाइक्नुपर्ने व्यवस्था गरेको छ । असोज १५ भित्र नयाँ सदस्यमाथि परेको उजुरी र नविकरण गरेका सदस्यतामाथि छानबिन समितिमा उजुरी दिनुपर्नेछ । असोज मसान्तभित्र उजुरी परेका सदस्यामाथि छानबिन समितिले निर्णय गरिसक्नुपर्नेछ ।
कात्तिक मसान्तभित्र छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझे क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै मंसिर १५ गतेभित्र छानबिन समितिले सदस्यता दिनइसक्नुपर्नेछ मंसिर २५ गतेभित्र नयाँ सदस्यता र क्रियाशील सदस्यता नविकरणका नामावली तयार गरेर समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने र मंसिर मसान्तभित्र सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली केन्द्रयि निर्वाचन समितिलाई बुझाउनुपर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अधिवेशनः
१. गाउँ नगर वडा अधिवेशनः पुस ६ गते
२. गाउँ नगरपापलिका अधिवेशनः पुस ८ गते
३. प्रदेश सभा क्षेत्रीय अधिवेशनः पुस ११ गते
४. प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा जिल्ल निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः पुस १३ गते
५ एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः पुन १६ गते
६. प्रदेश अधिवेशनः माघ ६ गते
७. केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाडौं ।
त्यस्तै बैठकमा सरकराले संघीय संसदको अधिवेशन अन्त्य गरेको विषयमा आपत्ति प्रकट गरेको छ । बैठकले नेकपाभित्रको आन्तरिक द्वन्द्वसँग काग्रेस सम्बन्धित नभएको भन्दै जनताले दिएको म्याण्डेड अनुसार कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्ने जनाइएको छ ।
त्यस्तै कांग्रेसले सरकार कोरोना भाइरसको संक्रमणप्रति संवेदनशील हुन नसकेको भन्दै आगामी दिनमा कोरोना संक्रमण भयावह हुने चेतावनी दिएको छ ।
‘संक्रमण समुदायमा फैलन थालेको छ । समुदायमा संक्रमण फैलँदा ज्येष्ठ नागरिकहरुमा समेत फैलिएर मृत्युदर बढ्ने जोखिम छ’, कांग्रेसले भनेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले बढ्दो संक्रमणलाई रोक्न सरकार गम्भीर बनुपर्ने बताएको छ ।




प्रतिक्रिया