काठमाडौं – म्यान पावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य पद अस्वीकार गरेका छन् ।
गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको नाममा एक पत्र लेख्दै कोभिड–१९ का कारण देशमा परेको संकट र आफ्नै स्वास्थ्यका कारण पनि उक्त पदमा बस्न नसक्ने जनाएका छन् ।
‘कोभिड–१९ को गम्भीर असर समग्र विश्व अर्थतन्त्रमा परेको छ । वैदेशिक रोजगारको क्षेत्रमा पनि जटिलता देखिएको छ’, उनले भनेका छन्, ’मेरो व्यक्तिगत अस्वस्थताका कारणले समेत तत्कालका लागि वैदेशिक रोजगार बोर्डको सदस्यमा रहेर काम गर्न असमर्थ छु ।’
स्वास्थ्य व्यवसायी कैलाश खड्का र म्यानपावर व्यवसायी हेम गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले असार १८ गतेको निर्णयानुसार बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।
म्यानपावर व्यवसायीको तर्फबाट सदस्यमा नियुक्त भएको साता नबित्दै गुरुङले उक्त पदमा बस्न अस्वीकार गरेका हुन् । सदस्यमा मनोनित नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्का भने तीव्र विवादमा तानिएका छन् ।




प्रतिक्रिया