काठमाण्डु – यस वर्षको मनसुन बुधबारदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी बुधबारदेखि पूर्णरूपमा बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।


प्रतिक्रिया