नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, ६ सय ८८ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, ६ सय ८८ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप २०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३४ जना कोरोना संक्रमित रहेका छन् । २५ हजार ७ सय २७ जना रहेको उनले जानकारी दिए ।

त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ लाख ६१ हजार ८ सय ६१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६ सय ८८ जना र आज सम्म ७ हजार ४ सय ९९ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पिसिआर परीक्षण भएको छ ।