कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशलाई ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशलाई ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोेकथाम तथा नियन्त्रणका लागि ग्लोबल आइएमई बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे । ‘कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग मिलेको छ,’ मुख्यमन्त्री भट्टले भने ।

रकम हस्तान्तरणको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उपस्थिति रहेको थियो ।

यो सहयोगले कोरोना नियन्त्रणमा सहयोग पुग्ने ग्लोबल आइएमई बैंकले विश्वास लिएको बताएको छ ।