काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणमा शुल्क लिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले स्थानीय तहहरुसँग शुल्क लिने गरेको पाइएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।
‘सरकारको निर्देशिकाअनुसार सबै कोभिड – १९ सँग सम्बन्धित परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको छ । यसरी कुनै पनि निकायले शुल्क लिएको पाइएमा विद्यमान नियमअनुसार कारबाही गरिने जानकारी गराइन्छ’, उनले भने ।
सरकारले तीन वटा सरकारी अस्पताललाई शुल्क लिएर परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । सरकारले पाँच हजार शुल्क लिएर पाटन, टिचिङ र वीर अस्पताललाई मात्र परीक्षणको अनुमति दिएको हो । विदेश जाने र नेपालमा पनि आफूलाई लक्षण देखा नपरेपनि शंका लागेमा शुल्क तिरेर परीक्षण गराउने व्यवस्था गरिएको छ।




प्रतिक्रिया