प्रचण्डको अनौठो टेबलटेनिस प्रेमः भन्छन्, ’१२ वर्ष भयो टेबलटेनिस खेल्न थालेको’


काठमाडाैँ- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतापछि निरन्तर टेबलटेनिस खेल्दै आएको बताएका छन् । उनको टेबलटेनिसप्रतिको प्रेम अनौठो छ । दाहाल त्यसका लागि अल्छी नगरी मैदानमा पुग्छन्, र टेबल टेनिसमा रमाउँछन् ।

विश्व टेबलटेनिस दिवसका अवसरमा आइतबार ललितपुर जिल्ला टेबलटेनिस संघले आयोजना गरेको कार्यक्रममा दाहालले भने– ‘मैलै चितवनमा बिएससी पढ्दा टेबलटेनिस खेल्ने सिकेको थिए । शान्ति सम्झौता पछि १०–१२ वर्ष भो मैले निरन्तर टेबलटेनिस खेल्न सुरु गरेको । म प्रधानमन्त्री हुँदा पनि खेल्न छाँडिन । बरु बालुवाटरमा टेबलटेनिसका लागि छुट्टै भवन बनाए ।’

उनले अनुशासित र स्वस्थ समाज निर्माण गर्नका साथै राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति खेल क्षेत्र एकदमै महत्वपूर्ण क्षेत्र भएको बताउदै आफू दुवैपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको विकासका लागि निरन्तर प्रयास गरेको बताए ।

कार्यक्रमपछि दाहालले केक काट्नुका साथै टेबलटेनिसका आफ्ना गुरु राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुदील शाहीका अलावा खेलाडीसंग पनि टेबलटेनिस खेलेका थिए । शाहीले दाहाल खेलप्रेमी र खेलको विकास चाहने नेता भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement