८९ ऐप्स प्रयोग नगर्न भारतिय सेनाको मातहतलाई निर्देशन

८९ ऐप्स प्रयोग नगर्न भारतिय सेनाको मातहतलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा ९५ चिनियां ऐप बन्द गर्ने घोषणापछि भारतिय सेनाले संदिग्ध एप्सको प्रयोग नगर्न चेतावनी दिएको छ । सैनिक सूत्रले दिएको जानकारीअनुसार ८९ ऐप्सको लिष्ट जारी गर्दै सेनाले सेना र हरेक विभागमा जोडिएका सैनिकलाई मोवाइलबाट ऐप्स डिलीट गर्न निर्देशन जारी गर्न आदेश दिइएको छ ।

सेनाले दिएको निर्देशनमा चिनियां ऐप्ससहित फेसबुक,टिंडर,इंस्टाग्राम,टिकटक र ट्रुकलरलगायत छन् । त्यसका साथै न्युज ऐप समेत तत्काल डिलीट गर्न भनिएको छ ।

भारत ऐप्समा आत्मनिर्भर वन्ने तयारीमा छ । भारतिय सेनाले व्यक्तिग सुचना चोरी भएको आरोप लागेका सामाजीक संजाल प्रयोग नगर्न निर्देशन दिएको विषयले भारतमा हंगामा भएको छ ।