काठमाडौं – बाढीबाट भएको क्षति अवलोकन गर्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे पुगेका छन् ।
केहीबेर अघि सभामुख अग्निप्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल सहितको टोली घटनास्थल पुगेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटाको टोली बिहानै त्यसतर्फ गएको भएपनि खराब मौसमका कारण धुलिखेलबाट फर्किएको थियो । बाढी पहिरोमा परी अहिलेसम्म २० बेपत्ता २ जनाको शव भेटिएको छ । ४ जना घाइते छन् ।




प्रतिक्रिया