काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले गरेको अनर्गल प्रचारबारे आपत्ति जनाएका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै सरकार र प्रधानमन्त्रीको बारेमा भारतीय मिडियाले गरेको अनर्गल प्रचारले सीमा नाघेको भन्दै आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘हद भयो, बकवास बन्द गर ।’
उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको बताउँदै विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन नदिने बताएका छन् ।
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020




प्रतिक्रिया