काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रहरी समायोजन कार्य चाँडै टुंग्याउन निर्देशन दिएका छन् ।
बिहीबार दज्र्यानी चिन्ह लगाएपछि आफूसँग भेट गर्न पुगेका आईजीपीलाई गृहमन्त्रीले संगठनको हित हुनेगरी लामो समयदेखि रोकिएको समायोजन कार्य चाँडै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री बादलले आईजीपी क्षत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।
‘तपाईंको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । मेरो पूर्ण साथ र समर्थन रहन्छ । तपाईंको ट्रयाक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ’, उनले भने ।
त्यस्तै गृहमनत्री बादलले शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, त्यसमा विशेष ध्यान दिनुहोस्’, गृहमन्त्री बादलले भने ।




प्रतिक्रिया