काठमाडौं – संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट निस्काशन गरेको छ ।
संघीय संसद सचिवालयले गिरीलाई सांसद पदबाट निस्काशित गरिएको जानकारी निर्वाचन आयोगलाई दिएको हो । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो ।
संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् । नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन् ।
उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन् ।




प्रतिक्रिया