काठमाडौं – सरकारले सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर छोटो दूरीका यातायात सञ्चालन गर्न सक्ने जानकारी दिए ।
मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने जानकारी दिए ।
उनले काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्ला भित्रमात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउनेगरि सरकारले निर्णय गरेको जानकारी दिए ।
मन्त्री खतिवडाले तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने, यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने बताए ।




प्रतिक्रिया