काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११ जना स्थायी कमिटी सदस्यको छुट्टै बैठक सिंहदरबारमा बसेको छ ।
अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधान गर्न भन्दै पटकपटक स्थायी कमिटी बैठक स्थगित गरेपछि ११ जना स्थायी कमिटी सदस्यहरु सक्रिय भएका हुन् ।
बिहीबार कृषि मन्त्रालयमा कषि मन्त्री घनश्याम भुसालको कार्यकक्षमा नेकपाका ११ जना स्थायी कमिटी सदस्यको छुट्टै बैठक बसिरहेको छ । बैठकमा मन्त्री भुसालसहित, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी, योगेश भट्टराईलगायतका नेताहरु सहभागी छन् ।
बैठकमा नेकपाभित्रको विवाद र स्थायी कमिटी बैठक स्थगितका विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिए ।




प्रतिक्रिया