भारतीय मिडियाबारे कानूनी उपचार खोजिन्छः प्रवक्ता खतिवडा

भारतीय मिडियाबारे कानूनी उपचार खोजिन्छः प्रवक्ता खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारतीय मिडियाको आपत्ति जनक समाचारविरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।

अर्थ, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा अ‍ोली र सरकारविरुद्ध प्रकाशन गरेका खेदजनक सामाग्रीको कानुनी उपचार खोज्ने बताएका हुन् ।

‘सञ्चार माध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको साझा ध्येय त्यही नै हो । चाहे स्वदेशी हुन् चाहे विदेशी हुन्,’ प्रवक्ता खतिवडाले भने,‘हामीले कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी समाचार र विश्लेषणको सरकारले भर्त्सना गर्छ ।’

उनले सरकारको चाहना मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बस्ने र सही समाचारहरू मात्रै सम्प्रेषण गरोस् भन्ने हुने बताए ।

‘यो कुरामा हामीले कूटनीतिक माध्यमको पनि परिचालन गर्नु पर्ने हुन्छ । हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं,’ खतिवडाले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’