काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुको बैठक सम्पन्न भएको छ । बिहीबार साँझ सिंहदरबारमा नेकपा स्थायी कमिटीका ११ जनाको बैठकले सरकारलाई तीन बुँदे सुझाव दिने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्रीको पक्षमा भएको प्रर्दशन रोक्न, एकताको आधरा तयार गर्न र नेकपाभित्रको विवाद समाधान गर्न अझै समय दिन सुझाव दिने निर्णय गरेका हुन् ।
अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधान गर्न भन्दै पटकपटक स्थायी कमिटी बैठक स्थगित गरेपछि ११ जना स्थायी कमिटी सदस्यहरु सक्रिय भएका हुन् ।
बिहीबार कृषि मन्त्रालयमा कषि मन्त्री घनश्याम भुसालको कार्यकक्षमा मन्त्री भुसालसहित, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी, योगेश भट्टराईलगायतका नेताहरु सहभागी छन् ।




प्रतिक्रिया