सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन आग्रह

सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ । महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखिपूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ । हल्का वर्षा भइरहेको छ ।  “न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिदोँ क्रममा रहेको छ । त्यसैले कम्तिमा अब तीनदिन पानी पर्नेछ,” मौसम विद् विभुती पोखरेलले भनिन्, “सक्रिय मनसुन जारी रहेकाले पानी पर्नेक्रम जारी रहन्छ ।”